दफा ५३
भन्सार एजेन्ट मालवस्तुको धनी मानिने
कुनै मालवस्तुको धनीले सो मालवस्तु भन्सार कार्यालयबाट छुटाउनको लागि वा यस ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिमको अन्य कार्य गर्नको लागि कुनै व्यक्तिलाई आफ्नो भन्सार एजेन्ट नियुक्ति गरेमा त्यस्तो भन्सार एजेन्ट सो प्रयोजनको लागि सो मालवस्तुको धनी सरह मानिनेछ ।